सोल्टी होटलको नाफा १८.३४ प्रतिशत बढ्यो

काठमाडौं । सोल्टी होटल लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गदै खुद नाफा १८.३४ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

गत आर्थिक वर्षमा कम्पनीले १० करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा १२ करोड ११ लाख पुगेको छ । आम्दानीमा वृद्धि भए सँगै कम्पनीको नाफा पनि बढेको हो । गत आर्थिक वर्षमा कम्पनीको आम्दानी ३९ करोड ९६ लाख रहेकोमा चालू आर्थिक वर्षमा ५१ करोड ४३ लाख छ ।

चुक्तापूँजी ९२ करोड ८९ लाख रहेको कम्पनीको पहिलो त्रैमाससम्ममा जगेडा कोषमा १ अर्ब ५५ करोडभन्दा बढी सञ्चिति गरेको छ । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको हो ।

गत आवमा १ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा १ रुपैयाँ ३० पैसा पुगेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७२ पैसा छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार