नोक्सानीमा रहेको रावा इनर्जी ४० लाख नाफामा

काठमाडौं । रावा इनर्जी डेभलपमेन्टले आफनो नोक्सानीमा सुधार गर्दै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० लाख ७ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षमा नोक्सानीमा रहेको कम्पनीले हाल आएर नाफा कमाउन सफल भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी ८ लाख ३४ हजार नोक्सानीमा रहेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट प्रशस्त आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट २ करोड ८२ लाख ६ हजार आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ करोड ३४ लाख ९९ हजार बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ४७ लाख ७ हजार आम्दानी गरेको थियो ।

कम्पनीले प्रशासन र सञ्चालन खर्चमा ४९ लाख ४९ हजारले सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रशासन र सञ्चालन खर्च ६ लाख ७९ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको प्रशासन र सञ्चालन खर्च ५६ लाख २८ हजार रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ६६ पैसा, प्रति शेयर नेटवर्थ ७२ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य २४२ रुपैयाँ २१ पैसा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार