लिबर्टी इनर्जीको मंसिर १६ गतेदेखि १:०.५ हकप्रद शेयर आउँदै

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १:०.५० को अनुपातमा ७५ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ ।

कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार