RE
Global College

लिबर्टी माइक्रो लाइफले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पारम्भिक सार्वनजनिक निष्कासन (आइपिओ)  ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा लिबर्टी माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

लिबर्टी माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

नेपाल बीमा प्राधिकरणले लघु बीमकहरुलाई तत्काल आइपीओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ जारी गर्न लागेका हुन्।

NECO

Leave Your Comment

Related News