लोडसेडिङ हुँदा खुसी हुनेले नै लोडसेडिङको हल्ला फैल्याए: कुलमान घिसिङ

Garima_Business-Loan3

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । र उक्त जमातलेनै लोडसेडिङको हल्ला फैल्याएको बताए ।

उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।

उनले व्यस्त समयमा केहि मात्रै उद्योगको लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्योगीहरु सोही व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए । उनले भने तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ ।

उनले भने,‘नेपालयको पूवाधार क्षेत्रमा ठुला ठुला विकासका परियोजनाहरुको काम भइरहेको छ । वत्ति र बाटोको विकास भएको छ । जुन हाम्रो ठुलो पूर्वाधारको विकासको अधार हो । नेपालको विद्युत क्षेत्रको ठुलो विकास हुनेवाला छ । यसका लागि ठुलो लगानी आवश्यक रहेको छ । हाम्रा ठुला परियोजनहरुका लागि वैदेशिक लागनी चहिन्छ । लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ ।’

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे । उनले दुई चार घण्टा बत्ति कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए । उनले २४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टा भन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए । उनले पूर्वधार विकासको मुख्य मेरुदण्ड जलविद्युत रहेको बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार