हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन

Garima_Business-Loan3

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ६८७ रुपैयाँ ४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्य प्रतिकित्ता ७४२ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

आजको बजारमा समायोजित मूल्यकै आधारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार