काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक सिफारिस सिमितले कार्यकारी निर्देशक पदका लागि छनौट गरेको तीन सदस्यको नाम मन्त्रिपरिषद पठाउने तयारी गरेको हो । कार्यकारी निर्देशक पदका लागि छनौट भएका तीन प्रतिस्पर्धीहरुमा छत्र बहादुर कटुवाल, नवराज सापकोटा र राम प्रसाद पौडेल रहेका छन् ।
छनौट समितिको निर्णय अनुसार सबैभन्दा बढी अंक प्राप्त गर्नेमा क्रमशः पहिलोमा बाजुरा बुढीगंगा ४ का कटुवाल , दोस्रोमा काठमाडौं महानगरपालिका १० का सापकोटा र ताप्लेजुङ मैवाखोला ३ का पौडेल रहेका छन् । समितिले तीनजनाको नाम मन्त्रिपरिषद पठाउँछ र मन्त्रिपरिषदले कार्यकारी निर्देशकको रुपमा एकजनाको नाम अनुमोदन गर्नेछ ।
कार्यकारी निर्देशकको पदाावधि भने चार वर्षको हुनेछ । यसअघि सेजको कार्यकारी निर्देशका चण्डिकाप्रसाद भट्ट असार १२ गते कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्तिको लागि अह्वान गरी प्रक्रिया अघि बढाएको थियो । विशेष आर्थिक क्षेत्र एने २०७३ दफा २२ अनुसार उम्मेदवारको शैक्षिक योग्यता व्यवस्थापन, अर्थशास्त्र, इन्जियिरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने तोकिएको थियो । साथै उम्मेदवारले उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, इन्जिनियरिङ वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवी हुनुपर्ने पनि मापदण्ड तोकिएको थियो ।
सेजको स्थापना भए पनि विकास हुन नसक्दा उद्योगहरु यसमा जान सकेका छैनन् । भाडादर, पूर्वाधारको अभाव लगायतका कारणले गर्दा सेजनमा पर्याप्त उद्योग जान नसक्दा सेज पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।