काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीको खातामा बोनस शेयर पठाएको छ ।
२०८१ मणसिर १४ गते सम्पन्न ४औं वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशतका दरले हुन आउने बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.मा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभ प्रयोजनार्थ बुक क्लोजको अघिल्लो दिन २०८१ कार्तिक २६ गते सम्म कायम शेयर सणिलाई बोनश शेयर बापतको रकम लगानीकर्तालाइ उपलब्ध गराएको बताएको छ ।