काठमाडौं । गत वर्ष नोक्सनीमा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले पछिल्लो समय नाफामा रहेको छ ।कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १० करोड २५ लाख ७६ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी २ लाख ५३ हजार नोक्सानीमा रहेको थियो ।
विद्युत बिक्रीबाट आम्दानीमा वृद्धि भए सँगै नाफामा समेत सुधार देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले विद्युत विक्रीबाट ५१ करोड २६ लाख ५७ हजार आम्दानी गरेको छ । जुन आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ५ करोड १ लाखले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले विद्युत विक्रीबाट ४६ करोड २४ लाख ८८ हजार आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३३ करोड ५९ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन मुनाफा २८ करोड ९८ लाख रहेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ३० लाख रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ४४ पैसा, प्रति शेयर नेटवर्थ ७८ रुपैयाँ ६६ पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य ५१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७९.६७ र तरलता अनुपात ०.५२ प्रतिशत रहेको छ ।