काठमाडौं । अपि पावर कम्पनीले आफनो नाफामा ४५ प्रतिशतले वृद्धि गरेको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ३१ करोड १६ लाख नाफा कमाएको छ । जुन गत आवाको सोहि अवधिको तुलनामा ४५.४० प्रतिशतले वृद्धिदर हो । गत आवमा कम्पनीले २१ लाख ४३ हजार नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न पुगेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३८.३७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले ६२ करोड विद्युत विक्री आम्दानी गरेकोमा चालू आवमा ८५ करोड ८० लाख आम्दानी गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको मूल्य आम्दानी अनुपात २५ दशमलव ८३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ १८ पैसा रहेको छ ।
चुक्ता पूँजी ६ अर्ब ७ करोड रहेको कम्पनीले जगेडामा ५५ करोड ७६ लाख सञ्चिती गरेको छ ।