काठमाडौं । लिबटी ईनर्जी कम्पनी लिमिटेडको नोक्सानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा ४ करोड १ लाखले नोक्सानी रकममा कमी आएको हो ।
गत आवको दोस्रो त्रैमासमा ७ करोड ११ लाख नोक्सानीमा रहेको कम्पनी चालु आवको सोहि अवधिमा भने ३ करोड ९ लाख नोक्सानी व्यहोरेको छ ।
विद्युत विक्रीबाट हुने आम्दानी र सञ्चालन मुनाफामा सुधार देखिए सँगै नोक्सानीमा पनि सुधार देखिएको हो । चालु आवको दोस्रो त्रैमासमा विद्युत विक्रीबाट १५ करोड ७५ लाख आम्दानी गर्दा गत आवको सोहि अवधिमा १४ करोड ४६ लाख आम्दानी रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ९६ लाख रहेकोमा गत आवको सोहि अवधिमा सञ्चालन मुनाफा ६ करोड ८१ लाख रहेको थियो । कम्पनीको चुक्ता पुँजी भने १ अर्ब ५० करोड रहेको छ ।
कम्पनीको गत आवको दोस्रो त्रैमासमा २ रुपैयाँ ४२ पैसाँ ऋणत्मक रहेको प्रति शेयर आम्दानी चालु आवको सोहि अवधिमा २ रुपैयाँ ७ पैसा ऋणत्मक रहेका छ भने चालु आवको दोस्रो त्रमासमा प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ८१ पैसा, तरलता अनुपात ४.७८ र पिइ रेसिया ९९.२२ ऋणत्मक रहेको छ ।