अप्पर तामाकोशीको नोक्सानी २१९ प्रतिशतले बढ्यो

काठमाडौं ।अप्पर तामाकोशी हाइड्रोपावरको नोक्सानी २१९ प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ८२ करोड ११ लाख नोक्सानी व्यहोरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २१९ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा हाइड्रोपावरको नोक्सानी २५ करोड ७६ लाख रहेको थियो ।

नोक्सानी बढेको हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा समेत घटेको छ । चालु आवमा ३ अर्ब ३४ करोड आम्दानी रहेको हाइड्रोपावरको गत आवको सोहि अवधिमा ५ अर्ब ३५ करोड विद्युत विक्रीबाट आम्दानी भएको थियो । गत आवको दोस्रो त्रैमासमा ३ अर्ब १६ करोड रहेको हाइड्रोपावरको सञ्चालन नाफा यो आवको दोस्रो त्रैमासमा १ अर्ब १६ करोड रहेको छ । २१ अर्ब १८ करोड चुक्ता पुँजी रहेको हाइड्रोपावरको दीर्घकालीन ऋण ४५ अर्ब ७२ करोड रहेको छ ।

पहिरोको कारण विद्युत उत्पादन ८८ दिनसम्म पूर्णरुपमा बन्द हुदाँ विधुत विक्रीबाट हुने आम्दानी समेत प्राप्त नहुदाँ वित्तीय विवरण प्रभावित भएको बताइएको छ । समीक्षा अवधिमा हाइड्रोपावरको प्रति शेयर आम्दानी ३ रुपैयाँ ८८ पैसा ऋणत्मक, प्रति शेयर नेटवर्थ ५६ रुपैयाँ ५५ पैसा, प्रति शेयर सम्पत्तिको मूल्य ४०२ रुपैयाँ ९९ पैसा र तरलता अनुपात १.४५ गुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार