RE
Global College

आज यी स्थानमा बिजुली नआउने

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले आज काठमान्डौको २ ठाँउमा बिधुत सेबा अबरुद्द हुने जनाएको छ । प्राधिकरणका अनुसार बागमती प्रदेश कार्यालय बितरण केन्द्र अन्तर्गत गोंगबु फिडर बसुन्धरा,गोंगबु टाउन प्लानिङ, गोँगबु रानीवारी क्षेत्रमा यु जि केवल ज्वाईनिङ गर्नको लागि दिउँदो ११ बजेदेखी ३ बजे सम्म लाईन सटडाउन हुने जनाएको छ  त्यसैगरि शिक्षण अस्पताल राष्ट्रपति कार्यालय प्रहरी तालिम केन्द्र निर्मल निवास क्षेत्रमा एचटि लाईन र पोल सार्नको लागि बिहान १० बजे देखी ५ बजे सम्म बत्ति अबरुद्द हुने नेपाल बिधुत प्राधिकरणले जनाएको छ ।

जोरपाटी वितरण केन्द्र  को मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मी नारायण चोक, चापाबोट, देवलधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल एरियामा तार भूमिगत कार्यको लागि मिती आज ११ बजे देखि देखी २ बजे क्षेत्रहरुका बत्ति नआउने भएको छ ।

महाराजंगञ्ज  को पानीपोखरी फिडर अन्तर्गत पर्ने लैनचौर स/स बाट २६ नम्बर वडा कार्यालय हुदै, खानी बिभाग, एम्बेसडर होटल, सभामुख निवास, नेपाली चुल्हो, भारतीय दुतावास, शांग्रिला होटल हुदै महाराजगंज वितरण केन्द्रको एरिया तर्फ एरियामा  यु जी प्रोजेक्ट केवल ज्वाईनिङ  गर्न फिडर सटडाउन गर्नु पर्ने भएकाले आज  १० बजे देखी ५ बजे सम्म बिजुली सेबा अबरुद्द हुने नेपाल बिधुत प्राधिकरणले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News