चौधरीको चाउचाउ उद्योगमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ ।

सीजी ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।

‘देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ। इस घटनाको हामी भर्त्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं,’ चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्वन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौं।’

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार