RE
Global College

डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था छ : लेखा समिति सभापति

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा पनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्।

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए।

‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनको लागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सपापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’

डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनि विभिन्न ट्रेन्डकै अध्ययन गरी निर्णय गरेको हो।

‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने,‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’

NECO

Leave Your Comment

Related News