CLI

ङादी ग्रुप पावर लिमिटेडको शेयर बोलकबोल मार्फत बिक्रिमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको झण्डै ९ लाख कित्ता शेयर बोलकबोल मार्फत बिक्रिमा रहेको छ । कम्पनीले माग गरेको हकप्रद शेयरमा आबेदन नपरपछि बोलकोबोल मार्फत शेयर खरिदका लागि आम सर्वसाधारणलाई आब्हान गरेको हो । कम्पनीले ८,७३,०६१.२२५ कित्ता शेयर बिक्रिको लागि बोलकबोल गरेको हो । शेयरको प्रतिकित्ता शेयर मूल्य १०० तोकिएको छ ।

कम्पनीको शेयर खरिद गर्न बोलकबोलको लागि बिक्रि प्रबन्धक  सिद्धार्थ क्यापिटल लिमिटेड,नारायणचौर, नक्साल, काठमाण्डौं, सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयहरु: विराटनगर, विर्तामोड, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरलाई  फारम पाइने  र बुझाउने स्थान तोकेको छ ।

शिलबन्दी बोलपत्र पेश गर्ने शुरू मिति : २०८१ फागुन २० गते बाट सुरू हुनेछ भने अन्तिम समय २०८१ फागुन २८ लाई तोकेको छ  ।बोलपत्रहरु सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रवन्धकको कार्यालयमा संकलन भए पश्चात्  सार्वजनिक सुचना जारी गरेर बोलपत्र खोलिने जनाएको छ

 

Leave Your Comment

Related News