CLI

चार प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा पनि भइरहेको छ।

शनिबार दिउँसो सातै प्रदेशमा बदली हुने पूर्वानुमान छ।

कोशी प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघगर्जन, चट्याङ र हावाहुरीसहित खण्डित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहको पनि महाशाखाले जनाएको छ।

शनिबार राति पनि सातै प्रदेशमा बदली हुने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसममा बदली, वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave Your Comment

Related News