आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै विद्युत आयात हुने, पुन लोडसेडिङको खतरा

काठमाडौं । आइतबारदेखि भारतबाट १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पुर्याउन हाल दैनिक २० घण्टा भारतबाट विद्युत आयात गर्दै आइरहेको छ ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव कम हुँदा बिजुली उत्पादन घट्छ । यस्तोमा आन्तरिक माग धान्न भारतबाट दैनिक २० घण्टा विद्युत आयात गरिँदै आएको छ ।

गत मंसिरमा हिउँदयाममा विद्युत आयात गर्ने अनुमति दिँदा भारतले मार्च १५ (चैत २ गते) सम्म दिनको २० घण्टा र मार्ज १६ देखि जनु ३० सम्म सोलार आवर (बिहान ६ बजेटदेखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति प्रदान गरेको थियो ।
प्राधिकरणका अनुसार मुलुकको आन्तरिक माग दैनिक करिब १ हजारर ९०० मेगावाट छ । स्वदेशी उत्पादन एक हजार मेगावाट र औसत ५०० मेगावाट विद्युत आयात गरेर आन्तरिक माग प्राधिकरणले पुरा गर्दै आइरहेको छ । सोलार आवरमा मात्रै विद्युत आयात गर्दा आन्तरिक माग पूर्ति हुँदैन । यस्तोमा नदीको बहाव नबढेसम्म मुलुकमा पुन लोडसेडिङ हुन सक्ने खतरा बढेको छ ।

पुन लोडसेडिङको अवस्था आउन नदिन केही समयका लागि २० घण्टा नै विद्युत उपलब्ध गराउन भारतसँग आग्रह गरिएको प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए । यसका लागि भारतले पनि सकारात्म प्रक्रिया रहेको उनको भनाइ छ । तर अहिलेदेखि २० घण्टा नै विद्युत आयात हुन्छ भनेर उनले यकिन मिति भने बताउन सकेनन् ।

तर तत्कालै भारतले आफ्नो नीति परिवर्तन गरेर नेपाललाई २० घण्टा विद्युत उपलब्ध गराउने सम्भावना छैन । भारतमा हिउँदयामको तुलनामा गर्मी आयाम विद्युतको खपत बढी हुन्छ ।

यसले गर्दा पनि नेपालमा पुन लोडसेडिङको खतरा उत्पन्न भएको जानकारहरु बताउँछन् । भारतबाट थप समय विद्युत आयात हुन नसकेको खण्डमा प्राधिकरणले औद्योगित क्षेत्रमा साँझ बिजुली कटौती गर्ने योजना बनाएको छ । यस्तो गर्दा आमउपभोक्तामा लोडसेडिङ हुन जाँदैन ।

घोषका अनुसार नदीमा पानी वहाव नबढेसम्म र भारतबाट १२ घण्टा मात्र विद्युत आयात हुँदा उद्योगमा लोडसेडिङ हुन सक्ने बताए । तर उपभोक्ताले भने लोडसेडिङको समस्या भोग्न नपर्ने उनको भनाइ छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार