राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनीले आइतबारलाई बोलाएको विशेष साधारण सभा स्थगित गरेको छ । कम्पनीले कम्पनीको विशेष साधारण सभा कम्पनी ऐन २०६३ बमोजिम गणपूरक संख्या नपुगेको भन्दै विशेष सधारण सभा स्थगित गरेको हो । आइतबार बिहान ८ बजेको लागि बोलाइएको सभा स्थगित गरिएको हो ।

साधारण सभा प्रयोजनका लागि शेयरधनी दाखिला खारेजी बन्द (बुकक्लोज) मिति समेत तय गरिसकेको अवस्थामा साधारण सभा नै स्थगित भएको हो । यसअघि सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजी बन्द ९बुकक्लोज० फगाुन २५ गते एक दिन गरिने भएको छ । बुकक्लोज मिति तयसँगै फागुन २४ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई सात कार्य दिन भित्र दाखिल खारेजको लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने बताइएको थियो।

सभामा कम्पनीले हकप्रद शेयर निष्कासन सहितको विशेष र साधारण प्रस्तावहरु पेश गर्ने तयारी रहेको थियो ।
विशेष प्रस्तावहरुमा हकप्रद शेयर निष्कासन पश्चात कायम हुने चुक्ता पुँजी बराबर हुने गरी जारी पुँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमक निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी रहेको थियो ।

साथै यसअघि साधारण प्रस्तावहरुमा कम्पनीको नियमावली बमोजिम दुई जना सञ्चालकहरुको नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालको नियुक्ति अनुमोदन गर्ने समेत बताइएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार