RE
Global College

प्लाई उद्योगमा आगलागीबाट ३८ करोड क्षती

दाङ। दाङको घोराही–९, खैरास्थित ‘सांग्रिला प्लाई तथा भेनियर उद्योग’ मा आगलागी हुँदा ३८ करोड रुपैयाँको क्षति भएको छ। झन्डै दुई दिनसम्म लागेको आगो निभाउन दाङसहित बर्दिया, बाँके, कपिलवस्तु र रूपन्देहीबाट आठ वटा दमकल प्रयोग गरिएको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार प्रारम्भिक क्षतिको विवरण संकलन गरिसकिएको छ। प्लाई, केमिकल, मेसिन र ठूलो परिमाणमा काठ जलेर नष्ट भएको छ। सात बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग पश्चिम नेपालकै ठूलो प्लाई उद्योग मानिन्थ्यो।

उद्योगका सञ्चालक गेहेन्द्र बस्नेतका अनुसार कुल सम्पत्तिभन्दा कम, करिब ३२ करोड रुपैयाँको मात्र बीमा गरिएको थियो। आगलागी चैत ११ गते मध्य राति विद्युत सर्ट भएर भएको आशंका गरिएको छ। बिदाको दिन भएकाले उद्योगमा कोही कर्मचारी थिएनन्, र बाहिरबाट ताला लागेको थियो।

NECO

Leave Your Comment

Related News