RE
Global College

बोटलर्स नेपाल (तराई) को ६ महिनामा ३ अर्ब ६९ करोडको व्यापार

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ३ अर्ब ६९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ।

आव २०७९/८० मा ९ अर्ब ४० करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०७७/७८ मा ६ अर्ब १२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

बोटलर्स नेपाल (तराई) र अभिभावक कम्पनी बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डको पेय पदार्थ उत्पादन तथा बिक्री गर्ने नेपालका लागि आधिकारिक बिक्रेता हुन्। बोटलर्स नेपाल (तराई) ले काठमाडौं उपत्यका बाहेक नेपालका अन्य क्षेत्रमा आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको छ। कठमाडौंमा व्यापार गर्ने अभिभावक बोटलर्स नेपालसँग मात्र छ।

कम्पनीको ९१ सेयर बोटलर्स नेपालसँग छ भने बाँकी ९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणसँग छ।

बोटलर्स नेपाल (तराई)ले छोटो अवधिका लागि २ अर्ब रुपैयाँ कर्जा लिन ईक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ।

NECO

Leave Your Comment

Related News