दोल्ती पावरले ५९ प्रतिशतले घटायो घाटा

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको घाटा ५९ प्रतिशतले घटेको छ । कम्पनी चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ५८.६५ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड २३ लाख रूपैयाँ घाटा व्यहोरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने १.५२ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यो अवधिमा कर्मचारी खर्च तथा प्रशासनिक खर्च र वित्तीय खर्चमा कटौती गरेको छ । कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च १ करोड १८ लाखबाट घटेर २० लाख ५८ हजार र वित्तीय खर्च ६ करोड ९ लाखबाट घटेर ४ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ ।

यो अवधिमा कम्पनीको जगेडा कोषको आकार भने २० करोड ९४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीले २ करोड अल्पकालिन कर्जा र ६८ करोड १२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड १७ लाख र कुल चालु दायित्व ३ करोड २१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी (इपीएस) वार्षिक ३ रुपैयाँ ३३ पैसा ऋणात्मक, प्रति शेयर नेटवर्थ ६० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात २६५.६३ गुणा ऋणात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार