लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो : मन्त्री दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने बताए । तर, दुःख दिने हिसाबले केही व्यक्तिले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्ने गरेको खड्काले बताए ।

“रातको १२ बजे विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक(पटक आउँछ । अनि हामी कहाँ बत्ती गयो भन्छौँ । पछि बुझ्दा सबैतिर हुन्छ बत्ती । यसरी भ्रम फैल्याउने काम भइरहेको छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ । दु:ख दिने काम भइरहेको छ,” उनले भने ।

उनले उत्पादन बढाइरहेकोले यस वर्ष लोडसेडिङ नहुने दाबी गरे । उनले कम उत्पादन भएको समयमा आयात गरेर आवश्यक बिजुली उपलब्ध गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार