भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गर्न भएको छ । तसर्थ, साउन १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार