काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३० गते साधारण सभा बोलाएको छ । सभा डीडीआई ब्यांकेट बुद्धनगर, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

