पिपुल्स पावरको लक इन अवधि कहिले सकिंदैछ ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि भदौ १२ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई २०७९ भदौ १२ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको सेयर र ४९ हजार ३४८ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार