CLI

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद शेयरको लागि आवेदन दिन सकिने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहतर्फको ५ लाख ६४ हजार १० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रको आधारमा बिक्रिमा रहेकोले सो शेयर खरिद गर्न चाहने इच्छुक खरिद कर्ताले श्रावण १३ गते देखी २० गते सम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान कार्यालयः नारायणचौर नक्साल, काठमाण्डौ,मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरु: ठिमी भक्तपुर, कुमारीपाटी – ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा-पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा बोलपत्र फारम खरिद गरि आबेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८२ साल श्रावण २० गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान कार्यालयः नारायणचौर नक्साल, काठमाण्डौ,मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरु: ठिमी भक्तपुर, कुमारीपाटी – ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा-पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा आबेदन दिन सकिने छ ।

बोलपत्र खोलिने मिति समय र स्थान उल्लेख गरी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी जानकारी गराए पश्चात् खोलिने कम कम्पनीले उल्लेख गरेको छ  ।

 

Leave Your Comment

Related News