काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २८५.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य १९२.८३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।


