निजी क्षेत्रले सवारी जाँचपास र प्रदूषण चेक गर्न पाउने,लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । याँ कानुन पारित भएसँगै निजी क्षेत्रले पनि सवारी जाँचपास र प्रदूषण चेक गर्न पाउने भएका छन् । निजी क्षेत्रद्धारा संचालित सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रले सवारी साधनको जाँचपास गर्न पाउने व्यवस्था लागू गरिएको छ । सरकारले आज शुक्रबार राजपत्रकमा प्रकाशित गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

नयाँ कानुन पारित भएसँगै अब निजी क्षेत्रका वर्कशपले पनि सवारी साधनको जाँचपास तथा परीक्षण गर्न पाउने भएका हुन् । यससँगै अब कुुनैपनि सवारी परीक्षणका लागि यातायात व्यवस्था कार्यालयमै धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । साथै, सरकारले लाइसेन्स अवधि अर्थात, सवारी चालक अनुमति पत्रको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ । अब १० वर्षको अन्तरालमा लाइसेन्स नवीकरण गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार