बुढीगण्डकी जलविधुत कम्पनीको साधारणसभा बस्दै

काठमाडौं  बुढीगण्डकी जलविधुत कम्पनी लिमिटेडले २०८१ असार ३ गते सोमबार अपरान्ह ५: ३० बजे कम्पनीको कार्यालय, नयाँबानेश्वर, काठमाडौँमा वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको साधारणसभामा  आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८०/८१ को लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने बिषयमा छलफल गरी पारित गर्ने रहेको कम्पनीले जनाएको  छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार