सिक्लेस हाइड्रोपावरको ७३ लाख ८४ हजार कित्ता सेयरको लक इन अवधि असोज १० गते सकिंदै

काठमाडौं ।  सिक्लेस हाइड्रोपावर कम्पनीको संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको सेयरको लक इन अवधि आगामी असोज १० गते साकिने भएको छ । लक इन अवधिपछि संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन् ।

संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले ७३ लाख ८४ हजार ५०० कित्ता सेयर होल्ड गरेका छन् । जसमा संस्थापकहरुले ६५ लाख कित्ता सेयर होल्ड गरेका छन् ।  स्थानिय बासिन्दाहरुले ८ लाख ५० हजार  कित्त सेयर होल्ड गरेका छन् र कर्मचारीहरुले ३४ हजार ५०० कित्ता सेयर होल्ड गरेका छन् ।

यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार