भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गरिने 

काठमाडौं । भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गरिने भएको छ । सो आयात को लागि उधोगहरुलाइ प्रस्ताव आह्वान गरेको छ ।
गहुँ आयातका लागि उधोगहरुले ७ दिन भित्र उद्योग विभागमा प्रस्ताव पेस गर्न भनेको छ । आयात भारतको नेसनल कोअपरेटिभ एक्सपर्ट लिमिटेड मार्फत हुने छ ।

विभाग अनुसार तोकिएको समयावधीभित्र गहुँ आयात गर्ने सुनिश्चितता गरेका उद्योगीहरूलाई मात्र कोटा दिने छ । आयातका लागि नेसनल कोअपरेटिभ एक्सपर्ट लिमिटेड लाई अग्रिम भुक्तानी गर्नुपर्ने छ ।

विभाग अनुसार कोटा प्राप्त भएपछि ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्नेछ । कोता प्राप्तेको लागि पेस गर्नुपर्ने कागजातहर आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र ,प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइईई) स्वीकृत गर्नुपर्ने उद्योगको हकमा (आइईई) स्वीकृत भएको पत्र ।

सरकारी अधिकारीहरूले देशमा अभाव सिर्जना हुन नदिन भारतबाट गहुँ आयात गर्ने दिने गरेको बताएका छन् । नेपालमा उत्पादित गहुँले सीमित महिनालाई माग पुरा गर्ने हुँदा आयातमा भर पर्नु पर्ने वाध्यता रहेको नेपाल पिठो मिल सङ्घले जनाएको छ ।

संघका अनुसार बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ गहुँ हो। नेपालमा साढे १० महिना गहुँ र मैदाको पिठोको माग पूर्ति आयातित गहुँबाटै हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार