RE
Global College

माबिलुङ्ग इनर्जीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेडको सञ्चालक समितिले लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिटषटारमा नियुक्त गरेको हो । लक्ष्मी सनराइज क्यापिटलले माबिलुङ्ग इनर्जी लिमिटेडको कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्नेछ ।

माबिलुङ्ग इनर्जी लिमिटेडले माथिल्लो पिलुवाखोला-३ जलविद्युत आयोजना ४.९५ मे.वा.को बिधुत आयोजना निर्माण गर्दै रहेको छ  । माबिलुङ्ग इनर्जी लिमिटेडको रजिष्ट्रार कार्यालय ललितपुर १० मा रहेको छ ।

 

NECO

Leave Your Comment

Related News