झापा इनर्जीको आइपीओ बिक्री खुला

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन खुला गरेको हो ।

यस आइपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा असोज ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

झापाले यसअघि जारी पुँजी ३८ करोड १ लाख रुपैयाँको १० प्रतिशतले हुने ३ करोड ८० लाख रुपैयाँ बराबरको ३ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि ५७ हजार २९ कित्ता आइपीओ निष्कासन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार