विश्वमा बढ्यो विदेशी लगानी, पुग्यो १५ खर्ब अमेरिकी डलर बढी

काठमाडौं । विश्वमा विदेशी लगानी रकम बढेको छ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता सर्वेक्षण २०२३/२४’ सार्वजनिक गर्दै सन् २०२४ मा विश्वमा प्रत्यक्ष वैदेशिक लगानी १५ खर्ब ८ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष भन्दा ३.७ प्रतिशतले बढी हो । सन् २०२३ मा उक्त लगानी १४ खर्ब ५५ अर्ब अमेरिकी डलर रहेको थियो ।

सन् २०२४ मा विकसित मुलुकभन्दा विकासोन्मुख मुलुकले लगानी बढाउँदा विदेशी लगानी बढेको देखिन्छ । सो समयमा विकसित मुलुकले ६ खर्ब ४१ अर्ब र विकासोन्मुख मुलुकले ८ खर्ब ६७ अर्ब विदेशी लगानी गरेका छन् ।

सन् २०२४ मा एसियली मुलुकहरुले विदेशी लगानीस्वरुप ६ खर्ब ४ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । सन् २०२४ मा चीनले १ खर्ब १६ अर्ब अमेरिकी डलर, सिंगापुरले १ खर्ब ४३ अर्ब अमेरिकी डलर र हङकङले १ खर्ब २६ अर्ब अमेरिकी डलर विदेशी लगानी गरिएको छ । सोही समयमा दक्षिण एसियाली मुलुकले ३४ अर्ब अमेरिकी डलर विदेशी लगानी गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार