काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्णय गरेका छन् ।
सोमबार ऊर्जा मन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पदबहाली गरेका मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका हुन् ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले हटाउनेसम्मको निर्णय गर्यो ।

