१३ कम्पनीले गरे लाभांश घोषणा, ९ वटाको सेयर खरिद गर्नेले अझै पाउँछन् प्रतिफल, कुन हुन् ती संस्थाहरु ?

काठमाडौं । सूचिकृत १३ वटा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । यसअवधि (असोज ७ गते)सम्म ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ४ वटा हाइड्रोपावर, २ वटा लगानी र २ उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले लाभांश दिने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये ६ वटाले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोल मिति तय गरिसकेका छन् ।

त्यसमध्ये, माछापुच्छ्रे बैंक र हाथवे इन्भेष्टमेन्ट नेपालको बुक क्लोज भइ सकेको छ । त्यस्तै, युनिभर्सल पावर र कामना सेवा विकास बैंकको बुक क्लोज असोज ८ गत तय भएको छ । तसर्थ, आज (असोज ७ गते) सम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश हाल पारेका छन् । यता, नेपाल ल्यूब आयलको असोज १२ गत बुक क्लोज हुने भएको छ । यो कम्पनीले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

युनिलिभर नेपालले १८४२ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कम्पनीले लाभाश प्रयोजनार्थ कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ ।साधारण सभा बोलाउन बाँकी कम्पनीहरुले पनि छिट्टै बुक क्लोज मिति तय गर्नेछन् ।

गत वर्षको नाफाबाट नेपाल ल्यूब आयलले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । त्यस्तै, एभरेष्ट बैंकले २० प्रतिशत, मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत, कामना सेवा, सिक्लेस र मिड सोलुले १५.७८ प्रतिशत लाभांश दिंदैछन् । त्यस्तै, सानिमा बैंकले ७.३७ प्रतिशत र निफ्राले ६.३२ प्रतिशत नगद लाभांश दिने भएका हुन् ।

अहिले लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रतिफल प्रस्ताव गर्न सुरु गरेका छन् । केही प्रतिफल प्रस्तावसहित साधारण सभा पनि बोलाएका छन् । केहीले लाभांश दिने अन्तिम तयारीमा जुटेका छन् । नियम अनुसार आर्थिक वर्षको पुसमसान्त भित्र कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसक्नु पर्ने हुन्छ । त्यसैले अब आगामी दिन थप कम्पनीहरुले सेयरधनीलाई प्रतिफल प्रस्ताव गर्नेछन् ।

हेरौं कुन कम्पणनीले कति घोषणा गरे लाभांशः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार