काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको हो । कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


