CLI

भगवति हाइड्रोपावरको २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक २ गते आव्या क्लब, घारीपाटन पोखरामा २५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave Your Comment

Related News