काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि मंसिर ५ गते सकिने भएको छ ।
संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले २ करोड ६५ लाख ६१ हजार १८ सय कित्ता सेयरको लक इन अबाधि सकिने भएको छ । जसमा संस्थापकहरुले २ करोड ४० लाख कित्ता सेयर होल्ड गरेका छन् । कर्मचारीहरुले १ लाख ६८ हजार १९० कित्ता र स्थानीय बासिन्दाहरुले २३ लाख ९३ हजार ६१० कित्ता सेयर होल्ड गरेका छन्।
यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

