काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ । कात्तिक १७ गते दिउँसो बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । कम्पनीले दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद जारी गर्ने भएको हो । यसले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

