काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । प्रतिकित्ता १०० अंकित मूल्यका यी शेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७%) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ ।
यसको ‘ओपनिङ रेन्ज’ १४२.८१ देखि ४२८.४३ रुपैयाँ तोकिएको छ ।


