झापा इनर्जीको सेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार झापा इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ । यस दिन कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १००.१२ रुपैयाँदेखि ३००.३६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘जेएजएपीए’ सिम्बोल प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार