सर्वोत्तम सिमेन्टले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर २६ गते, शुक्रबार, होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनिले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार