काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सोही बैठकले वार्षिक साधारणसभा पुस ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


