RE
Global College

श्री डिष्टिलरीले ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ। प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ।

NECO

Leave Your Comment

Related News