नेपालले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ थप ३५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाएकाे छ। भारतको केन्द्रिय विद्युत प्राधिकरणले मंसिर १६ गते सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्न अनुमति दिएको हो ।

यससँगै भारततर्फ निर्यात हुँदै आएको कुल विद्युत् मात्रा १२०० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले २ वटा जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार