RE
Global College

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर  बाँडफाँट भएको हो । कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

सो शेयर खरिदका लागि कुल ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ आवेदन रद्द भएको छ भने ६२ हजार ९४७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार ८८२ आवेदकमध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता अर्थात २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

NECO

Leave Your Comment

Related News