RE
Global College

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित)  गरी १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्ताव पेश गर्न चिलिमिले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News