काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।



